काठमाडौं । काठमाडौंस्थित नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरूको जानकारीका लागि २०८३ श्रावण मसान्तसम्मको प्रमुख वित्तीय विवरण सार्वजनिक गरेको छ ।
संस्थाले सार्वजनिक गरेको विवरणअनुसार २०८३/०४/३१ सम्म संस्थाको शेयर पुँजी रु. ९ करोड १६ लाख ३५ हजार, जगेडा कोष रु. २० करोड ६३ लाख ७७ हजार ३४३ तथा कुल संस्थागत पुँजी रु. २० करोड ६९ लाख ४४ हजार ३४३ रहेको छ।
त्यस्तै, विभिन्न कोषहरूमा रहेको रकम रु. ११ लाख ३३ हजार ६७६, कुल बचत रु. २ अर्ब १५ करोड ६२ लाख ७८ हजार ५५८ र कुल कर्जा रकम रु. १ अर्ब ३३ करोड ४८ लाख २९ हजार २२२ रहेको विवरणमा उल्लेख छ।
संस्थाको बैंक तथा नगद मौज्दात (मुद्दती लगानीसमेत) रु. ९८ करोड ६३ लाख १२ हजार ४९ तथा कुल सम्पत्ति रु. २ अर्ब ७१ करोड ११ लाख ४० हजार ०७२ रहेको छ ।
संस्थामा कुल ऋणी सदस्य संख्या ८८२ तथा शेयर सदस्य संख्या ७ हजार ५१५ रहेको छ । मुद्दती लगानीसमेत जोडेर संस्थामा तरलता प्रतिशत ४५.७४ प्रतिशत रहेको विवरणमा उल्लेख गरिएको छ । संस्थाले सहकारी विभागको मिति २०७९/०४/३१ को निर्देशन नं. ८ बमोजिम उक्त वित्तीय विवरण सदस्यहरूको जानकारीका लागि सार्वजनिक गरेको जनाएको छ ।

प्रतिक्रिया