• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

मनकामना सहकारीको बचत १ अर्ब ९३ करोड, कुल सम्पत्ति २ अर्ब ४३ करोड बढी

मनकामना सहकारीको बचत १ अर्ब ९३ करोड, कुल सम्पत्ति २ अर्ब ४३ करोड बढी

बनेपा । श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०८३ साउन ३१ गतेसम्मको आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छ । सहकारी विभागको निर्देशनबमोजिम शेयर सदस्य तथा सरोकारवालाको जानकारीका लागि संस्थाले सार्वजनिक गरेको विवरणअनुसार संस्थाको कुल सम्पत्ति २ अर्ब ४३ करोड ७२ लाख ६ हजार ८ सय ९६ रुपैयाँभन्दा बढी पुगेको छ ।

संस्थाको विवरणअनुसार उक्त अवधिसम्म कुल बचत १ अर्ब ९३ करोड ६ लाख ६ हजार ७ सय ५८ रुपैयाँ रहेको छ । त्यस्तै संस्थाले विभिन्न क्षेत्रमा गरेको ऋण लगानी १ अर्ब ७१ करोड ६९ लाख ८३ हजार २२ रुपैयाँ रहेको छ ।

सहकारीको शेयर पुँजी १६ करोड २४ लाख ४४ हजार २ सय रुपैयाँ रहेको छ भने जगेडा कोषमा १२ करोड ३४ लाख ७९ हजार १ रुपैयाँ रहेको विवरणमा उल्लेख छ । कुल संस्थागत पुँजी १३ करोड ६९ लाख ६९ हजार ३ सय १७ रुपैयाँ रहेको छ । त्यसैगरी अन्य कोषतर्फ ३ करोड २९ लाख ५० हजार ९ सय १ रुपैयाँ रहेको संस्थाले जनाएको छ ।

संस्थाको वित्तीय विवरणमा तरलता रकम ६१ करोड ५२ लाख ६९ हजार १ सय ८६ रुपैयाँ रहेको उल्लेख छ । कुल तरलता प्रतिशत ३१ दशमलव ८६ प्रतिशत रहेको छ । सार्वजनिक विवरणअनुसार संस्थामा कुल शेयर सदस्य संख्या १० हजार ५ सय ४४ रहेको छ । त्यस्तै ऋणी सदस्य संख्या १ हजार ९ सय ११ रहेको छ ।

संस्थाले सहकारी विभागको २०७९/४/३१ गतेको जारी निर्देशनबमोजिम शेयर सदस्य तथा सरोकारवालालाई जानकारी गराउने उद्देश्यले वित्तीय विवरण सार्वजनिक गरेको जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत सिताराम तिमल्सिनाको हस्ताक्षरसहित सार्वजनिक गरिएको वित्तीय विवरणले संस्थामा ठूलो परिमाणमा बचत परिचालन तथा ऋण लगानी भइरहेको देखाएको छ । साथै १० हजारभन्दा बढी शेयर सदस्य रहेको तथ्यले संस्थाको सदस्य आधारसमेत उल्लेख्य रहेको देखिन्छ ।

Screenshot



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र ८, सोमबार १८:४४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP