काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेकाे छ । आज प्रतितोला १ हजार ५०० रूपैंयाँले मूल्य बढेकाे हाे ।
याे हप्ता आइतबार ७०० रूपैंयाँले मूल्य बढेकाे थियाे भने साेमबार पाँच हजार रूपैंयाँले मूल्य घट्याे । मंगलबार भने ३ हजार ८०० ले घटेकाे थियाे । बुधबार २ हजार ८०० रूपैंयाँले मूल्य बढेकाे सुन बिहीबार स्थिर थियाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९४ हजार ८०० रूपैंयाँ कायम भएको छ ।
यता आज चाँदीकाे मूल्य पनि बढेकाे छ । २५ रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ४५० रुपैंयाँ कायम भएको छ ।
गत वर्ष माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया