काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–४, भकुण्डेवेँसीमा रहेको जनक माध्यमिक विद्यालयले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ३ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ ।
विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षक, कर्मचारीलगायतको सक्रियतामा ३ लाख ६७० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
विद्यालयका अनुसार राष्ट्रिय वाणिज्य बैंकको भकुण्डेबेँसी शाखामार्फत गत असोज २० गते उक्त रकम कोषमा जम्मा गरिएको हो ।
भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकलाई राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले विद्यालयले उक्त रकम उपलब्ध गराएको जनाएको छ ।
प्राकृतिक विपद्का बेला प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्नु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष हो । विद्यालय परिवारको सामूहिक पहलबाट गरिएको यो सहयोगले विपद् प्रभावित नागरिकलाई राहत पुर्याउने प्रयासमा योगदान गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया