• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

मण्डनदेउपुरमा पाँच सहकारी एकीकृत, सुमन नेपालको नेतृत्वमा नयाँ सञ्चालक समिति

मण्डनदेउपुरमा पाँच सहकारी एकीकृत, सुमन नेपालको नेतृत्वमा नयाँ सञ्चालक समिति

काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिकामा पाँचवटा सहकारी संस्था एकीकरण भएर ‘साना किसान कृषि सहकारी संस्था लि. मण्डनदेउपुर’ गठन भएको छ । एकीकृत सहकारीको संयुक्त साधारणसभाले सुमन नेपालको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको छ ।

“हामी आफैँ गरौँ हाम्रो आर्थिक रूपान्तरण, समृद्ध मण्डनदेउपुर हाम्रो अभियान” भन्ने नारासहित अघि बढेको एकीकरण प्रक्रिया अन्तर्गत पाँच सहकारीबीच संयुक्त साधारणसभा सम्पन्न भएको हो। मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको जनाइएको छ ।

एकीकरण हुने सहकारीमा चण्डेनीमण्डन साना किसान कृषि सहकारी संस्था लि. (मण्डनदेउपुर–१०), कश्यपेश्वर तरकारी उत्पादक सहकारी संस्था लि. (मण्डनदेउपुर–७), नौबिसे कृषि सहकारी संस्था लि. (मण्डनदेउपुर–७), सफलता महिला साना किसान कृषि सहकारी संस्था लि. (मण्डनदेउपुर–५) र नवरत्न बचत तथा ऋण सहकारी संस्था लि. (मण्डनदेउपुर–७) रहेका छन् ।

एकीकृत साधारणसभाबाट सुमन नेपालको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा केशवप्रसाद सापकोटा, सचिवमा शिवराम तिमल्सिना र कोषाध्यक्षमा लक्ष्मी डोटेल चयन भएका छन् । त्यस्तै, सञ्चालक समिति सदस्यमा बिमला श्रेष्ठ, कृष्णप्रसाद नेपाल, रमेश क्षेत्री, रामबहादुर राई र कल्पना अधिकारी ढकाल चयन भएका छन् ।

लेखा सुपरिवेक्षण समितिको संयोजकमा शम्भुप्रसाद पराजुली चयन भएका छन् भने सदस्यमा केशवप्रसाद सापकोटा सर्वझाङ र रीता न्यौपाने रहेका छन् । पाँच सहकारी एकीकरण भएसँगै संस्थाको संस्थागत क्षमता अभिवृद्धि, स्रोतसाधनको प्रभावकारी परिचालन तथा कृषि र बचतसम्बन्धी सेवा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । एकीकृत संस्थाले स्थानीय कृषक तथा सदस्यहरूको आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

नवगठित साना किसान कृषि सहकारी संस्था लि. मण्डनदेउपुरको नयाँ नेतृत्व तथा सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।-कालाेटाेपी डटकम



कालोटोपी कालोटोपी    
  • २०८३ आश्विन २५, आईतवार २०:२४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP