• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

श्वेत गणेश सहकारीको २०औँ वार्षिक साधारणसभा कात्तिक १४ गते

श्वेत गणेश सहकारीको २०औँ वार्षिक साधारणसभा कात्तिक १४ गते

बनेपा । श्री श्वेत गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी कात्तिक १४ गते शनिबार २०औँ वार्षिक साधारणसभा गर्ने भएको छ । संस्थाको सञ्चालक समितिको निर्णयअनुसार साधारणसभा संस्थाकै कार्यालय, तीनदोबाटो, बनेपामा बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म सञ्चालन हुनेछ ।

साधारणसभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति विवरण तथा आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्ने, आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित कार्ययोजना तथा वार्षिक बजेटमाथि छलफल गर्ने र लेखापरीक्षक नियुक्तिसम्बन्धी निर्णय गर्ने कार्यसूची छ ।

सभामा संस्थाको विनियम संशोधन, साधारणसभा बैठक भत्ता, नीति तथा कार्यविधि पारित गर्ने र संस्था एकीकरणसम्बन्धी विषयमा समेत छलफल हुने जनाइएको छ । साथै, निर्वाचनसम्बन्धी विषय र विविध प्रस्ताव पनि कार्यसूचीमा समावेश छन् ।

साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि चयन गर्ने विषयसमेत छलफलको सूचीमा राखिएको छ । संस्थाका सचिव महेन्द्र विष्टद्वारा जारी सूचनामार्फत साधारणसभामा उपस्थित हुन सम्बन्धित सदस्यहरूलाई अनुरोध गरिएको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ आश्विन २९, बिहीबार १५:१५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP