• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

कुन्तावेँशीमा सामुदायिक साकोसको सदस्य जागरण कार्यक्रम

कुन्तावेँशीमा सामुदायिक साकोसको सदस्य जागरण कार्यक्रम

कुन्तावेँशी । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुन्तावेँशी सेवाकेन्द्रले सदस्य जागरण तथा सक्रियता कार्यक्रम सम्पन्न गरेको छ। विजयादशमीको अवसर पारेर आयोजित कार्यक्रममा शुभकामना आदानप्रदानसमेत गरिएको थियो।

संस्थाले २०८३ असोज २८ गते मण्डनदेउपुर नगरपालिका–३, बयरबोटमा कार्यक्रम आयोजना गरेको हो। सहकारीमा सदस्य बनेपछि सदस्यले निर्वाह गर्नुपर्ने भूमिका, संस्थाप्रतिको जिम्मेवारी र सदस्य निष्क्रिय हुँदा पर्न सक्ने असरबारे जानकारी गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।

कार्यक्रममा मण्डनदेउपुर नगरपालिका–३ का वडाध्यक्ष एवं नगर प्रवक्ता पुरुषोत्तम बजगाई प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा ५६ जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ।

सहकारीमा सदस्यता लिएर मात्रै पर्याप्त नहुने र संस्थाका गतिविधिमा सक्रिय सहभागिता जनाउनु आवश्यक रहेको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। सदस्यको सक्रियता, सहभागिता र जिम्मेवारीबोधले सहकारीको संस्थागत विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विषयमा समेत कार्यक्रम केन्द्रित रहेको थियो।

विजयादशमीको शुभकामना आदानप्रदानसँगै सदस्यहरूलाई सहकारीप्रति थप जागरुक र सक्रिय बनाउने उद्देश्यले आयोजित कार्यक्रमले सदस्य र संस्थाबीचको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ आश्विन २९, बिहीबार १९:२०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP