• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

काभ्रेमा मनाइयो ७१औँ प्रहरी दिवस, उत्कृष्ट प्रहरी कर्मचारी सम्मानित

काभ्रेमा मनाइयो ७१औँ प्रहरी दिवस, उत्कृष्ट प्रहरी कर्मचारी सम्मानित

धुलिखेल । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा ७१औँ प्रहरी दिवस, २०८३ विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुक्रबार (असोज ३० गते) कार्यालय परिसरमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्नुका साथै अमर प्रहरी परिवारलाई सम्मान गरिएको हो ।

‘विपदमा सारथी, संकटमा छहारी : प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा अमर प्रहरी स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै अमर प्रहरी परिवारलाई सम्मान गरिएको थियो । सोही अवसरमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक रविन बिष्टले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देश वाचन गर्दै स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीले उपस्थित अतिथि तथा महानुभावहरूप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

प्रहरी दिवसले प्रहरी संगठनप्रति सम्मान व्यक्त गर्नुका साथै कर्तव्यपालनका क्रममा जीवन उत्सर्ग गर्ने अमर प्रहरीको योगदानको स्मरण गर्ने अवसर प्रदान गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ आश्विन ३०, शुक्रबार १७:१३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP