• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

जुवातास खेलिरहेको अवस्थामा पनाैतीबाट ४ जना पक्राउ, १९ हजार नगद बरामद

जुवातास खेलिरहेको अवस्थामा पनाैतीबाट ४ जना पक्राउ, १९ हजार नगद बरामद

काभ्रे । पनौती नगरपालिका-५ ढलमलेस्थित मेघराज कार्कीको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मेघराजसमेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १९ हजार ३ सय ७५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

उता रूपन्देही, तिलोत्तमा नगरपालिका-४ डिङ्गानगर सिद्धार्थ पथबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने ३८ वर्षीय तिलक वलीसमेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ड्राइभरटोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ४ सय १० र ३ बुक ताससहित पक्राउ गरेको हो

सुनसरी, इटहरी उपमहानगरपालिका-१८ नयाँटोलबाट जुवातास खेलिरहेको अवस्थामा सप्तरी सप्तकोशी नगरपालिका-२ सिद्धिपुर बस्ने ४० वर्षीय बिश्वास थापा मगरसमेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७१ हजार १० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

झापा, अर्जुनधारा नगरपालिका-५ ओमचोक बस्ने ५५ वर्षीय सिताराम थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सितारामसमेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार ६ सय ८० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

चितवन, रत्ननगर नगरपालिका-१० बगैंचा टोल बस्ने ४५ वर्षीय धनकुमार तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा धनबहादुरसमेत ९ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार २ सय ५५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ कार्तिक २, आईतवार २०:४६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP