• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज काठमाडाैँका केही स्थानमा विजुली कटाैती हुने

आज काठमाडाैँका केही स्थानमा विजुली कटाैती हुने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आज काठमाडौँका केही स्थानमा विजुली कटौती गर्ने जनाएको छ । प्राधिकरणले सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा विजुली कटौती गर्न लागिएको जनाएकाे हो ।

प्राधिकरणका अनुसार पानीपोखरी फिडर साङ्ग्रिला होटल अगाडि, लाजिम्पाट, पानी पोखरीका विभिन्न क्षेत्र, महाराजगञ्ज, शिक्षण अस्पताल आसपासका क्षेत्रमा आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म विजुली कटौती हुनेछ ।

यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसनधान व्यूरो र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म विजुली कटौती हुनेछ ।

काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले राष्ट्रपति भवन शितल निवासको वितरण प्रणाली भूमिगत गर्ने कार्य गरिरहेको छ । यस्तै, भूमिगत कार्य सम्पन्न भइसकेका केबलमा प्राविधिक उपकरण जडानका लागि विजुली कटौती हुन लागेको हो । सूचना अनुसार वालुवाटार, चुनदेवी, पञ्चकन्या आसपासका क्षेत्रसमेतमा सोही समयसम्म विजुली कटौती हुनेछ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ ३, शनिबार ०१:२४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP