• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

काभ्रेपलाञ्चोकका ५ हजार ७६० भूमिहीनद्वारा जग्गा प्राप्तिका लागि निवेदन

काभ्रेपलाञ्चोकका ५ हजार ७६० भूमिहीनद्वारा जग्गा प्राप्तिका लागि निवेदन

धुलिखेल । काभ्रेपलाञ्चोकका करिब पाँच हजारभन्दा बढी भूमिहीन तथा अव्यवस्थित बसोबास गर्ने नागरिक रहेकाे तथ्यांक सार्वजनिक भएकाे छ।

भूमि समस्या समाधान आयाेग जिल्ला शाखा काभ्रेले यस्ताे तथ्यांक सार्वजनिक गरेकाे हाे । उनीहरूले जिल्लास्थित भूमि समस्या समाधान आयोगमार्फत सरकारसँग आफूहरुलाई जग्गाको माग गरेका छन्।

सरकारले पटकपटक भूमिहीन एवं अव्यवस्थित बसोबास गरेका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासी नागरिकको व्यवस्थापन गर्नका लागि सूचना जारी गरेकाे थियाे।

जसअनुसार जिल्ला भूमि आयोगको भू–सूचना प्रणालीमा हालसम्म पाँच हजार ७६० नागरिकको जग्गा प्राप्तिका लागि लगत प्रविष्ट भएको जिल्ला आयाेगका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिनुभयाे । उहाँका अनुसार निवेदन दिनेमा भूमिहीन दलित १७८, भूमिहीन सुकुम्बासी ६५६ तथा अव्यवस्थित बसोबासी चार हजार ९२६ रहेका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २१, शनिबार ०६:५७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP