• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आयल निगमले डिजेल र मट्टीतेलमा तीन रुपैँयाँ मूल्य बढायो, पेट्रोलमा पनि बृद्धि

आयल निगमले डिजेल र मट्टीतेलमा तीन रुपैँयाँ मूल्य बढायो, पेट्रोलमा पनि बृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । सोमबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइएको हो ।

निगमका अनुसार, पेट्रोल लिटरमा एक रुपैयाँ बढाइएको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढाइएको निगमले जनाएको छ ।

मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५६ रुपैयाँ र तेस्रो वर्गका लागि १५७ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, डिजेल र मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ तोकिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ३, आईतवार १४:३३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP