• २०८३ असार ३१ | Wed, 15 Jul 2026

काभ्रेको मण्डनदेउपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा

काभ्रेको मण्डनदेउपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा

ज्ञानमणि नेपाल कालाेटाेपी

कुन्तावेँसी । काभ्रेको मण्डनदेउपुर नगरपालिकालाई यो आर्थिक वर्षका लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ । आइतबार नगरप्रमुख एवं नगरस्तरीय खोप समितिका संयोजक टोकबहादुर वाईबाको अध्यक्षता तथा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक दिपककुमार गौतमको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको हो ।

यो नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पालिका मध्ये जिल्लामै दोस्रो नम्बरमा पर्न सफल भएको छ । गत वर्ष यो नगर तेस्रो नम्बरमा परेको थियो । यो वर्ष नमोबुद्ध नगरपालिका पहिलो भएको छ ।

यस कार्यमा सक्रिय भएर खट्नु हुने सबैलाई हार्दिक धन्यवाद दिँदै प्रमुख अतिथी गौतमले यसलाई निरन्तरता दिने गरि काम गर्न सबैलाई अनुरोध गर्नुभयो । केही पनि भएन भन्दै गलत प्रचार गर्ने बानी बढ्दै गएको अवस्थामा राम्रा काम गरेर नागरिकलाई सेवा सुविधा दिनु पर्नेमा उहाँको जोड थियो । उहाँले खाेपकाे महत्व काेराेनाकाे समयमा धेरै रहेकाे स्मरण गराउँदै अभिभावकहरुले बालबालिकालाई समयमै खाेप लगाउन ध्यान दिनु पर्ने बताउनुभयाे ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपतीले मण्डनदेउपुर जिल्लाका नगरपालिका मध्ये दोस्रो पूर्णखोप पालिका भएको र अबका केही महिनामा सबै पालिकालाई यस अभियानमा संलग्न गराइने बताउनुभयो । यस्तै जिल्ला जनस्वास्थ्य कार्यालयका खाेप अधिकृत पार्थमणि न्याैपानेले खाेपकाे महत्व, आवश्यकता, नेपाल र विश्वमा खाेपकाे अवस्था लगायतका विषयमा उल्लेख गर्दै कतै छुटेका भए बालबालिकालाई खाेप अभियानमा समेट्न सबैलाई सहयाेगकाे अनुराेध गर्नुभयाे ।

कार्यक्रममा नगरप्रमुख वाईबा, नगरका विभिन्न वडाका वडाध्यक्षहरु लगायत जनप्रतिनिधिहरुले हरेक बालबालिकाको खोप पाउने अधिकारलाई सुनिष्चित हुने गरि काम गर्ने प्रतिबद्धता जनाउँदै प्रतिबद्धतापत्रमा हस्ताक्षर पनि गर्नुभयो ।

हाल नगरपालिकामा १५ महिना मुनीका बालबालिका २१६ जना पूर्णखोप प्राप्त छन् । यस्तै १६ देखि ५९ महिनासम्मका ३३३ जना बालबालिका रहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेले जानकारी दिनुभयो । जसमा वडानम्बर १ मा ४८, वडानम्बर २ मा ३६, वडानम्बर ३ मा ३७, वडानम्बर ४ मा ४९, वडानम्बर ५ मा १६, वडानम्बर ६ मा ७३ जना बालबालिकाले खोप लगाएका छन् । यस्तै वडानम्बर ७ मा पूर्ण खोप लगाउनेको संख्या ८१, वडानम्बर ८ मा ४८, वडानम्बर ९ मा ४३, वडानम्बर १० मा ३५, वडानम्बर ११ मा ५१ र वडानम्बर १२ मा ३२ गरि ५४९ जना रहेको उहाँले जानकारी दिनुभयो ।

गत वर्ष नगरपालिकामा १५ महिना मुनीका बालबालिका ३५२ जना, १६ देखि २३ महिनासम्मका २३६ र २४ देखि ५९ महिनासम्मका १ हजार १०७ जना बालबालिका रहेको तथ्यांक थियो ।

आइतबारको कार्यक्रममा यस अभियानमा साथ दिने सबै वडा, सम्बद्ध कर्मचारी लगायतलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, स्वयंसेविकाहरु, स्वास्थ्यकर्मीहरु, शिक्षक/शिक्षिकाहरु लगायत सरोकारवाला व्यक्तिहरुको उपस्थिती रहेको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र २९, आईतवार ०८:५०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP