काठमाडौँ । नेपाली बजारमा आइतबार सुनकाे मूल्य घटेकाे छ । आज प्रतितोला ४ हजार ५०० ले मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९४ हजार कायम भएको छ ।
गत हप्ता आइतबार १ हजारले मूल्य घटेको थियाे भने साेमबार ४०० ले मूल्य घट्याे । मंगलबार ४ हजार ४०० ले मूल्य बढेको थियाे ।
बुधबार ७०० ले मूल्य घटेको थियाे । बिहीबार ३०० ले मूल्य बढेको थियाे । शुक्रबार ४ हजारले मूल्य घटेको थियाे ।
यता आज चाँदीकाे मूल्य पनि घटेको छ । ३३० रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ५ हजार ६० रुपैंयाँ कायम भएको छ ।
गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया