• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

अब पाँचखालमा पनि कृषि हाटबजार सञ्चालन हुने

अब पाँचखालमा पनि कृषि हाटबजार सञ्चालन हुने

पाँचखाल । काभ्रेको पाँचखाल नगरपालिकाले पनि अब कृषि हाटबजार सञ्चालन गर्ने भएको छ । जेठ ८ गतेदेखि हरेक शुक्रबार र शनिबार हाटबजार सञ्चालन हुने भएको हो ।

पाँचखाल नगरपालिकाको आयोजना, कृषि बजार सञ्चालक तथा व्यवस्थापन समिति पाँचखालको सहआयोजना र पाँचखाल नगरपालिका वडानम्बर ४ को समन्वयमा हाटबजार सञ्चालन हुँदैछ ।

वडानम्बर ४ का वडाध्यक्ष सुन्दर लामाले दिनुभएको जानकारी अनुसार कृषि उपज संकलन तथा बजार केन्द्र रहेको बोहोरेदोभान जाने बाटोमा बजार सञ्चालन हुनेछ । यसका लागि सम्पूर्ण तयारी पूरा भएको उहाँले बताउनुभयो ।

कृषि हाटबजारमा किसानले आफ्ना उत्पादनहरु सोझै उपभोक्तालाई बेच्न सक्नेछन् । यसबाट विचौलियाको समस्या हुँदैन भने उपभोक्ताले पनि सस्तोमा तरकारी लगायत कृषि उत्पादन खरिद गर्न पाउने अपेक्षा गरिएको उहाँको भनाई छ ।

यसअघि काभ्रेकै बनेपामा विगत २ वर्षदेखि हरेक शुक्रबार हाटबजार सञ्चालनमा छ भने मण्डनदेउपुरको नगरकोटमा पनि यस्तो बजार सञ्चालनमा आएको छ । पाँचखालमा भने पहिलो पटक हाटबजार सञ्चालनमा आउने भएपछि किसानहरु उत्साहित भएका छन् ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ ६, बुधबार २१:५५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP