• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

आज ५ हजार ५०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

आज ५ हजार ५०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनकाे मूल्य घटेकाे छ । आज प्रतितोला ५ हजार ५०० रूपैंयाँले मूल्य घटेको हो ।

याे हप्ता आइतबार २ हजार ८०० ले मूल्य घटेको थियाे । साेमबार १ हजार ९०० ले मूल्य बढ्याे भने मंगलबार १ हजार ३०० ले मूल्य घट्याे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८५ हजार कायम भएको छ ।

गत हप्ता आइतबार ४ हजार ५०० ले मूल्य घटेको थियाे । साेमबार प्रतितोला ८०० ले मूल्य बढेको थियाे भने मंगलबार ५०० ले मूल्य बढ्याे । बुधबार ३ हजार ३०० ले मूल्य घट्याे । बिहीबार प्रतितोला १ हजार ८०० ले मूल्य बढेको थियाे । शुक्रबार प्रतितोला १०० ले मूल्य घटेको थियाे ।

यता आज चाँदीकाे मूल्य पनि घटेको छ । २१५ रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ८६५ रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १४, बिहीबार १५:१८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP