• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

बिहीबार सुनको मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?

बिहीबार सुनको मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। आज प्रतिताेला आठ सय रुपैंयाँले घटेकाे हाे । यससँगै आज प्रतिताेला २ लाख ५३ हजार ३०० रुपैंयाँ कायम भएको छ।

याे हप्ता आइतबार सुनको मूल्य १ हजार ६ सय रुपैंयाँले बढेकाे थियाे । साेमबार प्रतिताेला १ हजार ४ सय रुपैंयाँले बढेकाे थियाे । मंगलबार तीन सय रुपैंयाँले घट्याे भने बुधबार प्रतिताेला आठ सय रुपैंयाँले बढेकाे थियाे ।

गत हप्ता आइतबार प्रतिताेला दुई हजार नाै सय रुपैंयाँले बढेकाे थियाे । साेमबार प्रतिताेला एक हजार नाै सय रुपैंयाँले घटेकाे थियाे । मंगलबार पाँच हजार दुई सय रुपैंयाँले बढ्याे । बुधबार प्रतिताेला नौ सय रुपैंयाँले बढेकाे थियाे भने बिहीबार प्रतिताेला चार सय रुपैंयाँले घटेकाे थियाे । शुक्रबार प्रतिताेला २ हजार २ सय रुपैंयाँले बढ्याे ।

यस्तै चाँदीको मूल्य पनि आज ३० रुपैंयाँले घटेको छ। यससँगै आज चाँदी ३ हजार ६ सय २५ रुपैंयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १८, बिहीबार ०७:१४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP