काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुने ८ जनामध्ये ४ जनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये राेशी गाउँपालिका–७ की ३४ वर्षीया फूलमाया तामाङ, राेशी गाउँपालिका–६ का ७५ वर्षीय इन्द्रबहादुर झाँक्री, राेशी गाउँपालिका–८ की ६० वर्षीया प्यारीमाया तामाङ र दैलेख घर भइ नेपाली सेनामा कार्यरत ३० वर्षका बमबहादुर भण्डारी रहेको पुष्टि भएको छ ।
प्रहरीका अनुसार अन्य ४ जनाको पहिचान खुल्ने क्रममा रहेको छ । दुर्घटनामा घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
बनेपाबाट रोशी गाउँपालिका–खार्पाचोकतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस शुक्रबार अपराह्न करिब २ः१५ बजे अनियन्त्रित भई सडकबाट तल खसेको थियो । दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । मृतकहरूको पहिचान तथा घाइतेहरूको विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
याे पनि पढाैँ ।
नमोबुद्ध बस दुर्घटना: घाइते १६ जनाको विवरण सार्वजनिक, आफन्तलाई सम्पर्कमा आउन आग्रह
काभ्रेमा बस दुर्घटनाः सात जनाकाे घटनास्थलमै मृत्यु, घाइतेकाे उद्धार कार्य जारी
प्रतिक्रिया