• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

धुलिखेल नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा

धुलिखेल नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा

काभ्रे । धुलिखेल नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ । जिल्लाको ११औँ पूर्णखोप सुनिश्चितता पालिकाको रूपमा मंगलबार धुलिखेल नगरपालिका घोषणा भएको हो ।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने नगरपालिकाका कार्यवाहक नगरप्रमुख निराजन जंगमले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीका अनुसार यस वर्ष धुलिखेल नगरपालिकाभित्रका ६१४ जना बालबालिका पूर्णखोप सुनिश्चित भएका छन् । खोप कार्यक्रममार्फत बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसारका सबै खोप उपलब्ध गराई पूर्णखोप सुनिश्चित गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा वक्ताहरूले पूर्णखोप सुनिश्चितता कायम राख्दै आगामी वर्षहरूमा पनि खोपबाट वञ्चित हुने अवस्था सिर्जना हुन नदिन सबै सरोकारवाला निकाय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा अभिभावकको निरन्तर सहकार्य आवश्यक रहेको बताएका थिए ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणासँगै धुलिखेल नगरपालिका बालबालिकाको स्वास्थ्य सुरक्षाप्रति प्रतिबद्ध रहेको सन्देश दिएको छ । यससँगै धुलिखेलमा वातानुकूलित खाेप केन्द्र पनि संचालनमा ल्याइएकाे छ । यस्ताे खाेप केन्द्र संचालनमा ल्याउने याे पालिका दाेस्राे हाे । यसअघि मण्डनदेउपुरमा वातानुकूलित खाेप केन्द्र संचालनमा ल्याइएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार २, मंगलवार १७:०८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP