• २०८३ असार ३१ | Wed, 15 Jul 2026

असार सकिन लाग्दा देशभर ५० प्रतिशत धान रोपाइँ, कुन प्रदेशमा कति ?

असार सकिन लाग्दा देशभर ५० प्रतिशत धान रोपाइँ, कुन प्रदेशमा कति ?

काठमाडाैं । देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ भएको छ ।

कृषि विभागका अनुसार यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हाे ।

गत वर्ष यही अवधिसम्म ६० प्रतिशत रोपाइँ भएको भए पनि यस वर्ष ५० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको विभागले जनाएकाे छ ।

प्रदेशगतरूपमा सबैभन्दा बढी सुदूरपश्चिममा ८७ प्रतिशत रोपाइँ भएको छ । त्यसपछि गण्डकीमा ६५ दशमलव नौ प्रतिशत, कर्णालीमा ६० प्रतिशत, लुम्बिनीमा ५९ प्रतिशत र बागमतीमा ५७ दशमलव एक प्रतिशत रोपाइँ भएको छ । कोशीमा ३२ प्रतिशत र मधेसमा ३२ दशमलव सात प्रतिशत मात्रै रोपाइँ भएको विभागले जनाएको छ ।

देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी एक सातामा धान रोपाइँ अझ बढ्ने विभागको अपेक्षा छ । बाढी, पहिरो वा अन्य प्राकृतिक विपद् नआएमा रोपाइँ अझै तीव्र हुने विभागले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार ३१, बुधबार ०७:२०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP