• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

सुनको मूल्यमा ६०० काे बृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा ६०० काे बृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा साेमबार सुनको मूल्य बढेको छ । आज प्रतितोला ६०० रूपैंयाँले मूल्य बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८४ हजार ६०० रूपैंयाँ कायम भएको छ । आइतबार १ हजार ९०० रूपैंयाँले मूल्य बढेको थियाे ।

गत हप्ता आइतबार ६०० रूपैंयाँले मूल्य बढेको थियाे भने साेमबार २ हजार ८०० रूपैंयाँले मूल्य घट्याे । यस्तै मंगलबार १ हजार २०० ले मूल्य घटेकाे थियाे ।

यस्तै बुधबार ८०० रूपैंयाँले मूल्य बढेको थियाे भने बिहीबार ४०० रूपैंयाँले मूल्य बढेको थियाे । शुक्रबार ३ हजार १०० रूपैंयाँले मूल्य घटेको थियाे ।

यता आज चाँदीकाे मूल्य पनि बढेकाे छ । ८० रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ३२० रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ४, सोमबार ११:१०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP