काभ्रे । काभ्रेकाे मण्डनदेउपुर नगरपालिकाको जुडिगाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्रले वडा नं. ८ का महिलाहरूका लागि HPV DNA Screening Camp (पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर) सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य केन्द्रले सार्वजनिक गरेको सूचनाअनुसार ३० देखि ६० वर्ष उमेर समूहका वडा नं. ८ का सबै महिलालाई शिविरमा सहभागी भई निःशुल्क परीक्षण गराउन आग्रह गरिएको छ ।
शिविर निम्न स्थान र मितिमा सञ्चालन हुनेछः
श्रावण १४ र १५ गते – जुडिगाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्र
श्रावण १८ गते – डाँडागाउँ, पुरानो बाघखाेर स्कुल
श्रावण १९ गते – घाइटार वडा कार्यालय
उल्लेखित स्थानहरूमा शिविर बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । स्वास्थ्य केन्द्रका प्रमुख प्रकाश घिमिरेले सबै लक्षित महिलालाई समयमै उपस्थित भई परीक्षण गराई पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान तथा रोकथाममा सहयोग पुर्याउन अनुरोध गर्नुभएको छ ।
तस्बीरः एआइ
प्रतिक्रिया