• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

काठमाडाैं महानगरले असाेज ७ गते ३५ पालिकालाई एम्बुलेन्स वितरण गर्ने

काठमाडाैं महानगरले असाेज ७ गते ३५ पालिकालाई एम्बुलेन्स वितरण गर्ने

काठमाडौँ । काठमाडाैं महानगरपालिकाले विगत एक वर्षदेखि विभिन्न कारणले राेकिएकाे एम्बुलेन्स वितरण कार्य असाेज ७ गतेदेखि शुरु गर्ने भएकाे छ ।

पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न लागिएकाे महानगर प्रमुख बालेन्द्र शाहले फेसबुकमार्फत जानकारी दिएका छन् ।

एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पीछडिएका स्थानलाई प्राथमिकता दिइएको उनले बताए ।

‘हामी विश्वास गर्छौं स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार हो। देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो। यो मात्र सुरुवात हो, कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो।’ उनले भनेका छन् ।

एम्बुलेन्स वितरणका लागि पालिका छनौट मापदण्डसमेत राखिएको मेयर शाहले जनाएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ५, आईतवार १२:५०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP