• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026

बनेपास्थित रेयूकाई एईको मासुनागा आँखा अस्पताललाई उपकरण तथा आर्थिक सहयोग

बनेपास्थित रेयूकाई एईको मासुनागा आँखा अस्पताललाई उपकरण तथा आर्थिक सहयोग

बनेपा । काभ्रेकाे बनेपास्थित रेयूकाई एईको मासुनागा आँखा अस्पताललाई अन्तर्राष्ट्रिय संस्था CBM र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडबाट उपकरण तथा आर्थिक सहयोग प्रदान गरिएको छ ।

CBM को सहयोगमा अस्पतालको ढल्केबर शाखाका लागि उपलब्ध गराइएको नन–कन्ट्याक्ट टोनोमिटर (Non-Contact Tonometer–NCT) अर्थात् आँखाको प्रेसर जाँच गर्ने मेसिन शुक्रबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो । CBM का प्रतिनिधि राजन भट्टराईले अस्पतालका अध्यक्ष मधु आचार्यलाई उक्त उपकरण हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै भट्टराईले नेपालमा आँखासम्बन्धी समस्याका कारण कोही पनि अन्धोपनको पीडा भोग्न नपरोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो । आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

सोही कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मोतियाविन्दु शल्यक्रियाका लागि २ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । बैंकका बनेपा शाखा प्रबन्धक मनोज श्रेष्ठलगायतले अस्पताललाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो । बनेपा र बर्दिवास शाखाबाट १/१ लाख रुपैयाँका दरले सहयोग गरिएको जानकारी दिँदै बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा साथ दिने जनाएको छ ।

अस्पतालका अध्यक्ष मधु आचार्यले सहयोगी संस्थाहरूप्रति आभार तथा धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगले गुणस्तरीय सेवा विस्तारमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेले अस्पतालले नागरिकलाई सहज र प्रभावकारी आँखा उपचार सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै सञ्चार माध्यममार्फत गरिने आवश्यक सहयोगमा पत्रकार महासंघ सधैं अस्पतालसँगै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा अस्पतालका विगतदेखि हालसम्मका गतिविधिबारे डा. दीक्षा मल्लले जानकारी गराउँदै हाल अस्पतालले पाँच जिल्लाका नागरिकलाई नियमित सेवा प्रदान गर्दै आएको बताउनुभयो ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण १, शुक्रबार १८:३९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP