• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026

धुलिखेल–४ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने

धुलिखेल–४ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाको आयोजनामा धुलिखेल नगरपालिका वडा नं. ४ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

वडा कार्यालयका अनुसार आगामी जेठ २५ गते सोमबार बिहान १० बजेदेखि बखुण्डोल बुद्धपार्कस्थित सेतीदेवी सामुदायिक भवनमा शिविर सञ्चालन गरिनेछ । शिविरमा पतञ्जली आयुर्वेदका विशेषज्ञ चिकित्सकहरूबाट विभिन्न रोगहरूको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिने जनाइएको छ ।

शिविरमा पिनास, रुघाखोकी, बाथ, जन्डिस, ग्यास्ट्रिक, अपच, उच्च रक्तचाप, मधुमेह, पायल्स, छालासम्बन्धी रोग, मानसिक स्वास्थ्य समस्या तथा बालरोग लगायतका विभिन्न स्वास्थ्य समस्याको परीक्षण र आयुर्वेदिक परामर्श उपलब्ध गराइनेछ ।

धुलिखेल नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाले वडावासीलाई स्वास्थ्य शिविरमा सहभागी भई निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवाबाट लाभ लिन आग्रह गरेका छन् ।

स्थानीय नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको उक्त शिविरबाट वडाका नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ २१, बिहीबार ०९:३३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP