काठमाडौँ । २०८३ साउन ११ गते साेमबार, तदनुसार २७ जुलाइ २०२६ । यस्ताे छ आजकाे राशिफलः
मेष
महत्वपूर्ण निर्णय लिनुअघि अनुभवी व्यक्तिको सल्लाह लिनु राम्रो हुनेछ । आज तपाईंको मनमा नयाँ सोच र जोस जाग्नेछ । व्यापार तथा व्यवसायमा धन लगानी गर्दा सतर्कता अपनाउनुहोला । दिनको उत्तरार्धतिर रोकिएका केही कामहरू बन्ने सम्भावना छ ।
वृष
पहिले साना वा कम महत्वका ठानेर छोडिएका कामबाट आज सोचेभन्दा राम्रो लाभ हुन सक्छ । कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ । परिस्थिति सोचेजस्तै सहज नभए पनि तपाईंको दृढ इच्छाशक्ति र धैर्यताले काममा सफलता दिलाउनेछ ।
मिथुन
अघिल्ला दिनका कडा मिहिनेतको फल आज मिल्नेछ । रोकिएका आर्थिक कारोबारहरू सुल्झिनेछन् र आम्दानीका नयाँ बाटोहरू खुल्ने संकेत छ । साथीभाइ तथा सहकर्मीहरूसँगको सम्बन्ध थप सुमधुर बन्नेछ ।
कर्कट
सामाजिक काममा संलग्न हुने अवसर मिल्न सक्छ । तपाईंको मनमा सकारात्मक ऊर्जा र कामप्रतिको लगनशीलता उच्च रहनेछ । पारिवारिक जीवनमा सुख र समझदारी कायम रहनेछ । परिवारका सदस्यहरूसँग बसेर महत्वपूर्ण विषयमा छलफल गर्न सकिनेछ ।
सिंह
कार्यक्षेत्रमा तपाईंको विचार र कामको कदर हुनेछ । समयको सदुपयोग गर्दै महत्वपूर्ण कामहरू समयमै सकाउनुहोला । बोली र व्यवहारमा मिठास कायम राख्दा बिग्रिन लागेका कामहरू पनि सजिलै बन्नेछन् ।
कन्या
साना र व्यवस्थित योजना बनाएर अघि बढ्दा व्यापार वा पेसामा राम्रो फाइदा हुनेछ । रचनात्मक काममा मन जानेछ र बौद्धिक क्षेत्रका मानिसहरूसँग भेटघाट वा छलफल हुने सम्भावना छ । नयाँ आम्दानीका स्रोतहरू पहिचान गर्ने अवसर मिल्नेछ ।
तुला
समाज वा कार्यक्षेत्रमा तपाईंको मान–प्रतिष्ठा र प्रभाव बढ्नेछ । आत्मविश्वास र बौद्धिक क्षमताका कारण आज तपाईंले कठिन परिस्थितिमा पनि सही निर्णय लिन सक्नुहुनेछ ।
वृश्चिक
तपाईंको पुरानो अनुभव र ज्ञान नयाँ आयोजना वा काममा धेरै उपयोगी सावित हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ र मनमा प्रसन्नता छाउनेछ । साथीभाइ र इष्टमित्रको साथ–सहयोगले धेरै समयदेखि अड्किएका कामहरू सम्पन्न हुनेछन् ।
धनु
कामको दायरा फराकिलो हुनेछ र नयाँ मानिसहरूसँग सम्पर्क बढाउने मौका मिल्नेछ । धैर्य र लगनशीलताका साथ अघि बढेमा तोकिएका लक्ष्यहरू समयमै पूरा हुनेछन् । आज नयाँ वातावरण वा ठाउँको भ्रमण गर्ने अवसर प्राप्त हुन सक्छ ।
मकर
आर्थिक स्थिति सबल बन्दै जानेछ । अध्ययन–अध्यापन, व्यवसाय र नयाँ लगानीका क्षेत्रमा सकारात्मक परिणामहरू देखिनेछन् । कामलाई व्यवस्थित र क्रमबद्ध तरिकाले गर्नाले कम मिहिनेतमा पनि धेरै सफलता मिल्नेछ ।
कुम्भ
आफन्त तथा साथीभाइबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । नयाँ दृष्टिकोण र नवीन विचारका साथ काम गर्दा पुराना जटिल समस्याहरू पनि सहजै समाधान हुनेछन् । कार्यक्षेत्रमा हुने प्रतिस्पर्धा वा विवादमा निर्णय तपाईंकै पक्षमा आउने सम्भावना छ ।
मीन
आर्थिक हिसाबले पनि दिन लाभदायी रहनेछ । प्रेम, वैवाहिक र पारिवारिक सम्बन्धमा थप सुदृढता र आत्मीयता आउनेछ । मनले चाहेको वा आफ्नो रुचिको काममा समय बिताउने मौका मिल्नेछ, जसले दिनभर मनलाई खुसी राख्नेछ ।
प्रतिक्रिया