काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज प्रतितोला ४ हजार २०० रूपैंयाँले मूल्य बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८८ हजार रूपैंयाँ कायम भएको छ ।
याे हप्ता आइतबार प्रतितोला १ हजार ८०० रूपैंयाँले मूल्य घटेको थियाे भने साेमबार ८०० रूपैंयाँले मूल्य बढेको थियाे । मंगलबार २०० रूपैंयाँले मूल्य घटेको थियाे ।
गत हप्ता आइतबार १ हजार ६०० रूपैंयाँले मूल्य बढेको थियाे भने साेमबार १ हजार ४०० रूपैंयाँले मूल्य बढ्याे । यस्तै मंगलबार ४ हजार ३०० रूपैंयाँले मूल्य घट्याे ।
यस्तै बुधबार भने एक हजार रूपैंयाँले मूल्य घटेको थियाे भने बिहीबार ८०० रूपैंयाँले मूल्य बढेको थियाे ।
यता आज चाँदीकाे मूल्य पनि बढेकाे छ । ९५ रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ४७५ रुपैंयाँ कायम भएको छ ।
गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया