• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

बुडोल साकाेस र कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेको आयोजनामा खुला रक्तदान हुँदै

बुडोल साकाेस र कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेको आयोजनामा खुला रक्तदान हुँदै

बनेपा । “रक्तदान जीवनदान, रक्तदान महादान” भन्ने नारासहित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कोअपरेटिभ म्यानेजर्स क्लब, काभ्रेपलाञ्चोकको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, काभ्रेपलाञ्चोक जिल्ला शाखाको प्राविधिक सहयोगमा खुला रक्तदान कार्यक्रम हुने भएकाे छ ।

कोअपरेटिभ म्यानेजर्स क्लब, काभ्रेपलाञ्चोककाे पाँचौँ वार्षिकोत्सवको अवसरमा खुला रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हाे ।आयोजकका अनुसार रक्तदान कार्यक्रम २०८३ साल भदौ २ गते मंगलबार जिल्ला सहकारी संघ, काभ्रे, बनेपा–७, गोदामचोकमा सञ्चालन हुनेछ । कार्यक्रम बिहान १०ः३० बजेदेखि दिउँसो २ः३० बजेसम्म सञ्चालन हुने बताइएको छ ।

रक्तदान कार्यक्रममा इच्छुक सम्पूर्ण महानुभावहरूलाई सहभागी भई रक्तदान गर्न आयोजकले आग्रह गरेको छ । रक्तदानबाट संकलित रगतले आकस्मिक उपचार, दुर्घटना तथा विभिन्न स्वास्थ्य समस्याका कारण रगत आवश्यक पर्ने बिरामीको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने भएकाले सामाजिक उत्तरदायित्वका रूपमा कार्यक्रममा सहभागी हुन आह्वान गरिएको हो ।

कोअपरेटिभ म्यानेजर्स क्लब, काभ्रेपलाञ्चोकले आफ्नो वार्षिकोत्सवलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई सामाजिक सेवासँग जोड्दै रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ । कार्यक्रममा बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड आयोजकका रूपमा रहेको छ भने नेपाल रेडक्रस सोसाइटी, काभ्रेपलाञ्चोक जिल्ला शाखाले प्राविधिक सहयोग गर्नेछ ।

आयोजकले रक्तदान गर्न इच्छुक व्यक्ति तथा विभिन्न संघसंस्था, सहकारीकर्मी, व्यवसायी, सामाजिक अभियन्ता र सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई रक्तदानमार्फत जीवन बचाउने अभियानमा हातेमालो गर्न अपिल गरेको छ ।

“एक घण्टाको समयले कसैको जीवन बचाउन सक्छ” भन्ने भावनाका साथ आयोजना हुन लागेको उक्त रक्तदान कार्यक्रमले काभ्रेमा सामाजिक सेवाको भावनालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण २८, बिहीबार २१:४०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP