• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

आजकाे माैसमः केही प्रदेशमा भारी वर्षाको सम्भावना

आजकाे माैसमः केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । जसले गर्दा मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा नजिक छ ।

अहिले देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

सोमबार देशभर साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाकाे सम्भावना छ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा पनि वर्षाको सम्भावना छ ।

यसैगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै स्थानमा पानी पर्नेछ । मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने अनुमान छ ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भागका एक-दुई स्थानमा भने धेरै भारी वर्षा हुन सक्नेछ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १, सोमबार ०७:३४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP