काठमाडौँ । नेपाली बजारमा साेमबार पनि सुनको मूल्यमा गिरावट आएकाे छ । आज प्रतितोला २ हजार ९०० रूपैंयाँले मूल्य घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख ६ हजार ६०० रूपैंयाँ कायम भएको छ । आइतबार ९ हजार ५०० रूपैंयाँले मूल्य घटेकाे थियाे ।
गत हप्ता आइतबार २ हजार ८०० रूपैंयाँले मूल्य बढेकाे थियाे भने साेमबार ३ हजार २०० ले मूल्य बढ्याे । मंगलबार ५०० रूपैंयाँले मूल्य घटेकाे थियाे । यस्तै बुधबार प्रतितोला १०० रूपैंयाँले मूल्य घटेकाे सुन बिहीबार १ हजार २०० ले घट्याे । शुक्रबार भने २ हजार ४०० ले घटेकाे थियाे ।
यता आज चाँदीकाे मूल्य भने स्थिर छ । आइतबार १८५ रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ७८० रुपैंयाँ कायम भएको थियो ।
गत वर्ष माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया