काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा घटेकाे छ । आज प्रतितोला ३ हजार १०० रूपैंयाँले मूल्य घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख ४ हजार ३०० रूपैंयाँ कायम भएको छ ।
गत हप्ता आइतबार ९ हजार ५०० रूपैंयाँले मूल्य घटेकाे थियाे । साेमबार २ हजार ९०० रूपैंयाँले मूल्य घटेकाे थियाे भने मंगलबार ५०० रूपैयाँले घट्याे । बुधबार ८ हजार ८०० ले घटेकाे थियाे भने बिहीबार ७ हजार ६०० रूपैंयाँले मूल्य बढेकाे थियाे । शुक्रबार प्रतितोला २ हजार ५०० रूपैंयाँले मूल्य बढेकाे थियाे ।
यता आज चाँदीकाे मूल्य पनि घटेकाे छ । ४० रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ७२५ रुपैंयाँ कायम भएको छ ।
गत वर्ष माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया