• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा साेमबार सुनको मूल्य घटेको छ । आज प्रतितोला २०० रूपैंयाँले मूल्य घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख १ हजार ५०० रूपैंयाँ कायम भएको छ । आइतबार प्रतितोला ४ हजार ८०० रूपैंयाँले बढेकाे थियाे ।

गत हप्ता आइतबार सुन प्रतितोला १ हजार ८०० रूपैंयाँले मूल्य घटेको थियाे भने साेमबार ८०० रूपैंयाँले मूल्य बढेको थियाे । मंगलबार २०० रूपैंयाँले मूल्य घटेको थियाे ।

यस्तै बुधबार ४ हजार २०० रूपैंयाँले मूल्य बढ्याे भने बिहीबार ८ हजार रूपैंयाँले मूल्य बढेको थियाे । शुक्रबार ९०० रूपैंयाँले मूल्य बढ्याे ।

यता आज चाँदीकाे मूल्य भने बढेकाे छ । २५ रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ६७० रुपैंयाँ कायम भएको छ ।

गत वर्ष माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण २५, सोमबार ११:००
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP