• २०८३ भाद्र २५ | Thu, 10 Sep 2026

भोटेकोशी विपद् प्रभावितका लागि कांग्रेसद्वारा राहत कोषमा एक करोड

भोटेकोशी विपद् प्रभावितका लागि कांग्रेसद्वारा राहत कोषमा एक करोड

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा रु.१ करोड सहयोग गरेको छ ।

पूर्वघोषणा अनुसार नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य एवं रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद तथा नेपाली कांग्रेस भोटेकोशी बाढी विपद् व्यवस्थापन समितिका संयोजक इन्जिनियर मोहन आचार्य, प्रवक्ता देवराज चालिसे र केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल सम्मिलित प्रतिनिधिमण्डलले सोमबार अर्थमन्त्रीलाई भेटेर सरकारको राहत कोषमा उक्त रकम जम्मा गरेको हो ।

कांग्रेसले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना सबैको साझा दायित्व भएको जनाएको छ । राजनीतिक विमतिभन्दा माथि उठेर विपद् प्रभावित नागरिकको सहयोगमा समर्पित हुनुपर्ने आवश्यकता औँल्याउँदै कांग्रेसले संकटको समयमा सरकार र प्रभावित परिवारको साथमा रहेको स्पष्ट पारेको छ ।

कांग्रेसले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सहृदयी नेपालीलाई विपद् प्रभावितको राहत तथा पुनःस्थापनाको अभियानमा सहभागी हुनसमेत अपिल गरेको छ । पार्टीको कोषमार्फत राहत अभियानमा योगदान गर्ने नेपाली कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्तालाई कार्यसम्पादन समितिको बैठकले धन्यवाद तथा सम्मान प्रकट गरेको जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २२, सोमबार २०:२७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP