• २०८३ भाद्र २५ | Thu, 10 Sep 2026

पनौतीकाे भालेश्वर माविमा सामाजिक परीक्षण तथा अभिभावक दिवस सम्पन्न

पनौतीकाे भालेश्वर माविमा सामाजिक परीक्षण तथा अभिभावक दिवस सम्पन्न

पनौती । काभ्रेपलाञ्चोककाे पनौती नगरपालिका–८ स्थित भालेश्वर माध्यमिक विद्यालयमा सामाजिक परीक्षण सार्वजनिकीकरण तथा अभिभावक दिवस बुधबार सम्पन्न भएको छ । जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयमध्येमा परिचित यस विद्यालयले शैक्षिक तथा प्रशासनिक गतिविधि, उपलब्धि र आगामी योजनाबारे अभिभावकलाई जानकारी गराउँदै कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा विद्यालयका शैक्षिक तथा प्रशासनिक गतिविधि, विद्यार्थीको सिकाइ उपलब्धि तथा विद्यालयले हासिल गरेका प्रगतिबारे जानकारी गराइएको थियो । साथै, विद्यार्थीको शिक्षामा निरन्तर सहयोग गर्दै असल अभिभावकीय भूमिका निर्वाह गर्ने अभिभावकहरूलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले विद्यालयको शैक्षिक प्रगति तथा विद्यार्थीको समग्र विकासका लागि विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्य महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा विद्यालयको प्रगति तथा विद्यार्थीको उज्ज्वल भविष्य निर्माणका लागि विद्यालय–अभिभावक सहकार्यलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो । विद्यालयले शैक्षिक गुणस्तर, अनुशासन तथा विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै विभिन्न गतिविधि सञ्चालन गर्दै आएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापाका अनुसार सामाजिक परीक्षण सार्वजनिकीकरण तथा अभिभावक दिवसले विद्यालयका गतिविधि र उपलब्धिबारे अभिभावकलाई जानकारी गराउनुका साथै आगामी दिनमा विद्यालयको शैक्षिक सुधारका लागि अभिभावकको सुझाव र सहकार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको छ । कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो ।कालाेटाेपी डटकम

 



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २४, बुधबार १८:३०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP