काठमाडौँ । २०८३ भदौ २८ गते आइतबार, तदनुसार १३ सेप्टेम्बर २०२६ । यस्ताे छ आजकाे राशिफलः
मेष
पेसामा नयाँ जिम्मेवारी पाइनेछ । छोटो यात्राको सम्भावना छ । अध्ययनमा प्रगति देखिन्छ । प्रेममा आत्मीयता वृद्धि हुनेछ ।
वृष
कार्य क्षेत्रमा नयाँ अवसर मिल्नेछ । यात्रामा सावधानी अपनाउने बेला छ । अध्ययनमा एकाग्रता लाभकारी हुनेछ ।
मिथुन
पेसागत क्षेत्रमा नयाँ अवसर आउनेछ । यात्राबाट लाभ हुने योग छ । अध्ययनमा सफलता मिल्नेछ । प्रेममा उत्साह बढ्नेछ ।
कर्कट
आर्थिक कारोबारमा नोक्सानीको सम्भावना उच्च छ, सावधानी अपनाउनुहोस् । काममा जिम्मेवारी बढ्नेछ । यात्रामा अवरोध आउनसक्छ ।
सिंह
पेसागत क्षेत्रमा महत्वपूर्ण अवसर मिल्नेछ । यात्रा लाभदायी रहनेछ । अध्ययनमा सफलताको योग छ । प्रेममा आकर्षण बढ्नेछ ।
कन्या
काममा नयाँ जिम्मेवारी पाइनेछ । यात्रा सामान्यमा लाभहानि बराबर रहला । अध्ययनमा प्रगति हुनेछ । अनावश्यक खर्चले आर्थिक दबाब बढाउन सक्छ ।
तुला
पेसामा उन्नतिको अवसर मिल्नेछ । यात्राबाट नयाँ अनुभव हासिल हुनेछ । अध्ययनमा सफलता पाइनेछ । प्रेममा मधुरता बढ्नेछ ।
वृश्चिक
आर्थिक लाभसँगै आकस्मिक खर्च बढ्न सक्छ । काममा चुनौतीबीच अवसर भेटिनेछ । अध्ययनमा प्रगति हुनेछ । प्रेममा विश्वास वृद्धि हुनेछ ।
धनु
धन आर्जनका नयाँ बाटा खुल्नेछन् । पेसागत क्षेत्रमा प्रशंसा पाइनेछ । नयाँ अवसर मिल्नेछ। अध्ययनमा उपलब्धिको योग छ ।
मकर
आर्थिक स्थिति बलियो बन्नेछ । रोकिएका काम अघि बढ्दा पेसागत लाभ मिल्नेछ । यात्राको योजना सफल हुने देखिन्छ । अध्ययनमा रुचि बढ्ला ।
कुम्भ
खर्च नियन्त्रण गरे आर्थिक लाभ सुरक्षित हुनेछ । पेसागत क्षेत्रमा नयाँ सम्भावनाका ढोका खुल्नेछन् । अवसर पहिचानले फाइदा हुनेछ । यात्रामा लाभको योग छ ।
मीन
आम्दानी बढ्नेछ तर विलासी खर्चले बचत घटाउन सक्छ । पेसागत क्षेत्रमा नयाँ अवसरहरु आउनेछन् । अध्ययनमा सफलता मिल्नेछ।
प्रतिक्रिया