काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेकाे छ । आज प्रतितोला ५०० रूपैंयाँले मूल्य घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९८ हजार ६०० रूपैंयाँ कायम भएको छ ।
गत हप्ता आइतबार १ हजार २०० रूपैंयाँले मूल्य बढेकाे थियाे भने साेमबार १ हजार २०० ले घट्याे । मंगलबार नाै सयले घटेकाे थियाे । यस्तै बुधबार १ हजार ७०० रूपैंयाँले मूल्य बढ्याे ।
यता आज चाँदीकाे मूल्य पनि घटेकाे छ । ३० रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ६२० रुपैंयाँ कायम भएको छ ।
गत वर्ष माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया