• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026

स्थानीय तहलाई ३०/३० र संघलाई ४० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने प्रस्ताव

स्थानीय तहलाई ३०/३० र संघलाई ४० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने प्रस्ताव

३० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले बजेट विनियोजनको वर्तमान अभ्यासलाई बदल्नुपर्ने प्रस्ताव गरेको छ ।

शुक्रबार राष्ट्रिय सभामा विशेष समय लिएर पार्टीका तर्फबाट बोल्दै सांसद जगप्रसाद शर्माले वित्तीय संघीयतालाई बलियो बनाउन अर्थतन्त्र र बजेट विनियोजन पुन:संरचना आवश्यक रहेको बताए ।

‘यसका निम्ति हामीले अहिले दिने गरेको स्थानीय तहलाई १५ प्रतिशत, प्रदेशलाई १५ प्रतिशत र संघमा ७० प्रतिशत बजेट राख्ने जे प्रचलन छ यसलाई उल्ट्याउनुपर्छ,’ उनले प्रस्ताव गरे, ‘प्रदेशलाई ३० प्रतिशत, स्थानीयलाई ३० प्रतिशत राखेर संघलाई ४० प्रतिशत बजेट राखौं । यसो गर्दा संघयतालाई आत्मसाथ गरेको ठहरिन्छ ।’

 



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १२, बिहीबार ०८:१७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP