• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आगामी एक साता कस्ताे रहला देशकाे माैसम ?

आगामी एक साता कस्ताे रहला देशकाे माैसम ?

काठमाडाैं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ। आज कोशी प्रदेश, मधेश प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू‍भागमा आंशिक बदली रहने सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी साताको मौसमी सारांश :

मनसुनको न्यूनचापीय रेखा साताको भर पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहने सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भू-भागः कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साताको शुरु र मध्यमा तथा लुम्बिनी प्रदेशमा साताको शुरुका एक-दुई स्थानमा भारी बर्षा/हिमपातको सम्भावना रहेको छ।

कोशी प्रदेशमा साताको शुरु र मध्यमा केही स्थानहरूमा तथा अन्त्यमा थोरै स्थानहरूमा र बाँकी सबै प्रदेशमा साताको शुरु, मध्य र अन्त्यमा केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा/हिमपातकाे सम्भावना रहेको छ ।

पहाडी भू-भागः सबै प्रदेशहरूमा साताको शुरु र मध्यमा एक-दुई स्थानहरूमा भारी बर्षाको सम्भावना रहेको छ। साथै सबै प्रदेशमा साताको शुरु र मध्यमा केही स्थानहरूमा तथा अन्त्यमा एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाकाे सम्भावना रहेको छ।

तराई भू-भागः साताको शुरुमा कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ। साथै सबै प्रदेशमा साताको शुरुमा केही स्थानहरुमा, मध्यमा थोरै स्थानहरूमा तथा अन्त्यमा एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यो साताभरी देशभरको न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने सम्भावना रहेको छ । अधिकतम तापक्रम साताको अन्त्यना हल्का बढ्ने सम्भावना रहेको छ ।

औसतसँग तुलना गर्दाः देशका अधिकांश भू-भागमा औसत आसपास बर्षा हुने सम्भावना रहेको छ । सबै प्रदेशमा अधिकतम तापक्रम औसतभन्दा बढी रहने सम्भावना रहेको छ । पश्चिमी पहाडी भू-भागमा न्यूनतम तापक्रम औसत र बाँकी स्थानहरुमा औसतभन्दा थोरै बढी रहने सम्भावना रहेको छ। स्राेतः माैसम पूर्वानुमान महाशाखा

 



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २०, शुक्रबार ०१:००
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP