• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026

२०८२ आश्विन ८ गते बुधबारः यस्ताे छ आजकाे राशिफल

२०८२ आश्विन ८ गते बुधबारः यस्ताे छ आजकाे राशिफल

काठमाडौँ। २०८२ साल आश्विन ८ गते बुधबार । तदनुसार २४ सेप्टेम्बर २०२५ तृतीया तिथी ५६ घडी ४९ पला चतुर्थी तिथी प्रारम्भ हुनेछ । चित्रा नक्षत्र २३ घडी ५९ पला उप्रान्त स्वाती नक्षत्र प्रारम्भ हुनेछ । ऐन्द्र योग तैतिल करण आज बिहान सूर्योदय ५:५३ मा भयो भने सूर्यास्त साँझ ५:५६ मा हुनेछ। आज बुधबार चन्द्रमा तुला राशिमा ।

मेष राशि
आयआर्जनमा वृद्धि भएर जानेछ। बोलीमा मिठास आउने छ । वैदेशिक कार्यबाट राम्रै आम्दानी गर्न सकिन्छ । यात्राको अवसर जुट्नुका साथै धार्मिक कार्यमा सहभागी भइनेछ।

वृष राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन्। अनावश्यक विवाद बढेर जाने देखिन्छ। विश्वास गरेका साथीभाइबाट अपहेलित हुनुपर्ने योग छ। पारिवारिक कलह बढेर जाने देखिन्छ ।

मिथुन राशि
व्यर्थैमा झै झगडाको सामना गर्नुपर्नेछ। आँखासम्बन्धी समस्याले सताउने देखिन्छ । अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्दा मानसिक तनाव बढेर जानेछ।

कर्कट राशि
धार्मिक कार्यमा सहभागी भइनेछ । जग्गा जमिनसम्बन्धी काममा सफलता पाइने योग छ। मानसम्मानमा वृद्धि भएर जानेछ। व्यापार व्यवसायमा वृद्धि हुनाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ।

सिंह राशि
मानसमानमा वृद्धि भएर जानेछ । वैदेशिक कार्यबाट लाभ लिन सकिनेछ। नयाँ साथीको आगमनले मनमा उत्साह बढ्नुका साथै काममा सहमत लगानी बढाइने योग छ।

कन्या राशि
नशासम्बन्धी समस्याले सताउनुका साथै धनमालसमेत हराउन सक्ने सम्भावना बढेर गएको छ । पारिवारिक कलह बढ्ने देखिन्छ । साथीभाइबाट अपहेलित हुनुपर्ने योग छ।

तुला राशि
मानसम्मानमा वृद्धि भएर जानेछ । तरल पदार्थ वा दुग्धजन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ। कृषि तथा चौपायाबाट प्राप्त लाभले सबैको प्यारो बनिनेछ।

वृश्चिक राशि
भौतिक साधनमा कमी आउनेछ। गरिरहेको काममा बाधा आउने देखिन्छ। पठनपाठनमा असफलता प्राप्त हुनाले सबैबाट अपहेलित हुनुपर्दा मनमा चिन्ता बढेर जानेछ।

धनु राशि
पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । पठनपाठनमा सफलता पाइने योग छ । सौन्दर्यतामा मन जानेछ। प्रेम गर्ने अवसर मिल्नेछ।

मकर राशि
थोरै कुरामा पनिवादविवाद बढेर जानेछ । आफूले राम्रो बोल्दा पनि अरुले नराम्रो सुन्ने योग छ । आँखासम्बन्धी समस्याले सताउने छ । लेखन शैलीमा कमी आउने देखिन्छ।

कुम्भ राशि
बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने छ । गुप्ताङ्गसम्बन्धी समस्याले सताउनेछ। व्यापार व्यवसायमा भएको ह्रासले मानसिक तनाव बढेर जानेछ।

मीन राशि
झुट्टा आरोपको सामना गर्नुपर्नेछ। । अनावश्यकरुपमा खर्चको मात्र बढेर जानेछ। गरिरहेको काममा बाधा आउनुका साथै शत्रु पक्षबाट समेत जोगिनुपर्ने देखिन्छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ८, बुधबार ००:३६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP