• २०८३ असार ३२ | Thu, 16 Jul 2026

चाडपर्वलक्षित सुरक्षाः काठमाडौँमा ६ हजार १०० भन्दा बढी प्रहरी परिचालन हुने

चाडपर्वलक्षित सुरक्षाः काठमाडौँमा ६ हजार १०० भन्दा बढी प्रहरी परिचालन हुने

काठमाडौँ । यस वर्षकाे चाडपर्वलाई लक्षित गरेर काठमाडौँ उपत्यकामा ६ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ।

उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा चाडपर्वलक्षित विशेष सुरक्षा योजनाअनुसार ६ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने तयारी गरिएको हाे ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले भने, ‘दसैँ, तिहार तथा छठ पर्वहरूमा चोरी, डकैती, लुटपाटजस्ता घटनाहरू बढी हुने भएकाले सोहीअनुसारको रणनीति बनाएर काम सुरु गरिएको छ । जिल्ला प्रमुखहरूको कमान्डमा प्रहरी परिचालन हुनेछन् ।’

अपराधजन्य घटना न्यूनीकरणका लागि प्रहरीको पट्रोल टोलीसहितको गस्ती, साइकलगस्ती, नाकाहरूमा ‘डग स्निफिङ’, सादा पोसाकका प्रहरी परिचालन, ‘सीआरभी’, ‘क्युआरटी’लाई तयारी अवस्थामा राखेर काम सुरु गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले बताए ।

यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्लामा ७८ स्थानमा यात्रु सहायताकक्ष स्थापना गरी काम सुरु गरिएको र ‘ड्रोन’बाट समेत निगरानीको काम हुने भएकाले निर्धक्क र चनाखो भएर दसैँ, तिहारलगायत चाडपर्व मनाउन प्रहरीले आग्रह गरेको छ ।राससकाे सहयाेगमा

 



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १२, आईतवार १५:३८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP