• २०८३ भाद्र २८ | Sun, 13 Sep 2026

टीकाको चाैथाे दिन आज पनि आशीर्वाद थाप्ने क्रम निरन्तर

टीकाको चाैथाे दिन आज पनि आशीर्वाद थाप्ने क्रम निरन्तर

काठमाडौँ । आज आश्विन शुक्ल त्रयाेदशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम निरन्तर छ ।

घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी देवी बिसर्जन गरेपछि विजया दशमीका दिनदेखि शुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ।

पश्चिम नेपालका केही जिल्लामा भने विजया दशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ। यस वर्ष असाेज २१ गते काेजाग्रत पूर्णिमा परेकाे छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १९, आईतवार ०१:०८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP