काठमाडौँ। देश बाहिर रहेका परिवारका सदस्यसमेत नेपाल आएर दशैं मनाउने बेलामा करिब चार हजार युवा रोजगारीका लागि बिदेशिएका छन् ।
स्वदेशमा रोजगारीका अवसर नपाएपछि दशैंको समेत वास्ता नगरी युवाहरु कामका लागि बिदेशिन बाध्य भएका हुन् । विदेशबाट आएको भिसाले नेपालका चाडपर्व चिन्दैन । ढिला गरे भिसाको समय सकिने डरका कारण युवा चाडपर्वको खुसी नै छोडेर विदेश गएका हुन् ।
वैदेशिक रोजगार विभागका अनुसार दशैं बिदाको फूलपातीदेखि ६ दिनको अवधिमा तीन हजार ८५० जना युवा श्रम स्वीकृति लिएर रोजगारीका लागि गएका छन् । यस अवधिमा सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, कतार गएको विभागले जनाएको छ ।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले नेपाली जाने श्रम गन्तव्य देशमा बिदा नहुने भएकाले त्यस्ता देशमा जानैपर्ने श्रमिकका लागि विभागबाट सहजरूपमा श्रम स्वीकृति दिने व्यवस्था गरिएको थियो ।गाेरखापत्रबाट
प्रतिक्रिया