• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलः नेपाल इरानसँग ३–० गोलअन्तरले पराजित

त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलः नेपाल इरानसँग ३–० गोलअन्तरले पराजित

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल इरानसँग पराजित भएको छ।

भारतको शिलोङस्थित जवाहरलाल नेहरू स्टेडियममा शुक्रबार सम्पन्न खेलमा इरानसँग नेपाल ३–० गोलअन्तरले पराजित भएको हो । यससँगै इरानले लगातार दोस्रो जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको छ।

पहिलो खेलमा इरानले घरेलु टोली भारतलाई २–० गोल अन्तरले पराजित गरेको थियो । अब नेपालले सोमबार भारतसँगै अर्को खेल खेल्नेछ। यस प्रतियोगिता सम्पन्न भएपछि यही कात्तिक १३ गते नेपाल र भारतबीच अर्को मैत्रीपूर्ण खेल हुनेछ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ८, शनिबार ०१:४८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP