सिन्धुपाल्चाेक । तागाङ च्योम्थली गोम्देन टोल विकास समिति, हेलम्बु-५ द्वारा आयोजित प्रथम रामबहादुर स्मृति कप सिन्धुपाल्चोक जिल्ला अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची नगरपालिकाले जितेको छ ।
बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिचाई मन्त्री कृष्णकुमार तामाङको प्रमुख आतिथ्यतामा प्रतियाेगिता समापन भएको हो । जसमा मेलम्ची नगरपालिकाले मेलम्ची -७ को नमुना एक्टिभ युथ क्लबलाई पराजित गरेको थियाे ।
मेलम्चीले जुगल र नमुनाले सृजनशील मेलम्ची-७ लाई हराउँदै फाइनल पुगेका हुन् । तेस्रो स्थान भने जुगलले सृजनशीललाई हराउँदै प्राप्त गरेको छ ।
भलिबल प्रतियोगिताको उपाधि विजेताले १ लाख, दोस्रो हुनेले ७५ हजार र तेस्रोले ५० हजार पाएको आयोजकका सदस्य डेन्डुप शेर्पाले बताउनुभयो । बागमती प्रदेशका खानेपानी, ऊर्जा मन्त्री कृष्णकुमार तामाङ समिरले पुरस्कार प्रदान गर्नुभयो ।
कार्यक्रममा वडा नं ४ र ५ का अध्यक्ष एवम् कांग्रेसका नेताहरु बुद्धिमान तामाङ, दिपकुमार तामाङ लगायत उपस्थित हुनुहुन्थ्यो । समापनमा भब्य सांस्कृतिक कार्यक्रम पनि भएको थियो ।
प्रतिक्रिया