• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

नेपाल गोजुरियो कराँते संघ प्रगती डोजोको तेस्रो ग्रेडिङ सम्पन्न

नेपाल गोजुरियो कराँते संघ प्रगती डोजोको तेस्रो ग्रेडिङ सम्पन्न

सिन्धुपाल्चाेक । नेपाल गोजुरियो कराँते संघ प्रगति डोजो मेलम्चीको प्रशिक्षणरत कराँते खेलाडीहरुको तेस्रो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ।

मेलम्ची नगरपालिका वडा नं ११ का अध्यक्ष चन्द्रबहादुर तामाङ, नेपाल गोजुरियो कराँते संघका केन्द्रीय सचिव सानुबाबु गिरी लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रशिक्षार्थीमध्ये एक जनालाई अरेन्ज, ५ जनालाई ब्राउन , ११ जनालाई पर्पल, ३ जनालाई ग्रीन, ७ जनालाई एल्लो बेल्ट र ३ जनालाई ब्ल्यु बेल्ट प्रदान गरिएको नेपाल गोजुरियो कराँते संघ प्रगति डोजोका प्रशिक्षक चन्द्र तामाङले जानकारी दिनुभयो ।

बेल्ट प्रदान गर्दै प्रमुख अतिथि वडा अध्यक्ष तामाङले सिङ्गो खेलकुद क्षेत्र मानव जीवनको अभिन्न अङ्ग भएको बताउनुभयो । उहाँले अनुशासित र लगनशील भएर खेललाई निरन्तरता दिँदै आगामी दिनमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म खेल्न सक्ने भएर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले विद्यालय, क्लबका पदाधिकारी तथा विभिन्न समूह र क्लासका टोली नेता तथा उपनेताहरुलाई बधाईसमेत ज्ञापन गर्नुभयो ।

कराँतेको सहजीकरण विजय तामाङ र चन्द्र तामाङले गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजयकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम प्रिन्सिपल ऋषिराम नेपालले सञ्चालन गर्नुभएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ २३, शुक्रबार १४:५५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP