• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

आइसीसी विश्वकप लिग-२ः नेपाल युएईसँग ५ विकेटले पराजित

आइसीसी विश्वकप लिग-२ः नेपाल युएईसँग ५ विकेटले पराजित

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ को जारी शृंखलामा आज नेपाल युएईसँग ५ विकेटले पराजित भएको छ। याेसँगै नेपालले दोस्रो हार बेहोरेको छ।

युएईको आइसीसी क्रिकेट एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २३३ रन बनाएको थियो। नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याएको युएईले ४३.३ ओभरमा ५ विकेटको क्षतिमा २३७ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो।

युएईका लागि ओपनर ब्याटर आर्यान्स शर्माले ९८ रनको उत्कृष्ट पारी खेले। युवा ब्याटर आर्यान्स शर्माले ९७ बलमा १० चौका र ३ छक्का प्रहार गरे। सन्दीप लामिछानेले नेपालका लागि सबैभन्दा महँगो बनेका आर्यान्स शर्माको विकेट लिए।

नेपालका लागि बलिङतर्फ लामिछानेले २ विकेट लिए। करण केसी र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले १३० बलमा ५ चौका र २ छक्कासहित १०९ रनको शतकीय पारी खेलका थिए।

नेपाल जारी प्रतियोगिताको पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको थियो।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १३, बिहीबार १३:१४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP