• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

एनपिएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न आठ भारतीय नागरिक पक्राउ

एनपिएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न आठ भारतीय नागरिक पक्राउ

काठमाडौँ । एनपिएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ८ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-२६ सामाखुशी बस्ने भारत आन्ध्र प्रदेश प्रकासम पामुर गाउँ घर भएका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साईकुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल रहेका छन् ।

क्रिकेट एशोसियसन नेपालद्वारा मंसिर १ गतेदेखि मंसिर २७ गतेसम्म सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संकरणको क्रिकेट प्रतियोगितामा सहभागी भई betacular.live नामक अनलाइन बेटिङ साइटबाट खेल हारजित हुने गरी रकम लगानी गरी सट्टाबाजी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-१४ बल्खुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई सट्टाबाजी गर्न गराउन नहुने कसुरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ८, सोमबार ०७:४९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP