• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

आईसीसी विश्वकप क्रिकेट लिग–२ः नेपाल अमेरिकासँग चार विकेटले पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ः नेपाल अमेरिकासँग चार विकेटले पराजित

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शनिबार भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको छ।

दुबईस्थित आईसीसी एकेडेमीमा भएको खेलमा जीतका लागि नेपालले दिएको २७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

अमेरिकाका लागि साइत्यजा मुकामल्लाले सर्वाधिक ७५ रनको योगदान दिए । उनले १०१ बलमा दुई चौका र एक छक्काको सहयोगमा ७५ रन बनाए। नेपालका लागि सन्दिप लामिछानेले तीन विकेट लिए भने गुल्सन झा, करण केसी र नन्दन यादवले समान एक–एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनाएको थियो। नेपालका दीपेन्द्रसिंहले सर्वाधिक ७५ रन बनाए। उनले ६७ बलमा दुई चौका र तीन छक्का प्रहार गरे। अमेरिकाका लागि हर्मित सिंहले तीन विकेट लिए भने सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले समान दुई–दुई विकेट लिए।

जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो। नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रनको अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा यूएईसँग पाँच विकेटले पराजित भएको थियो। शृंखलामा लगातार तेस्रो जीत निकालेको अमेरिका लिग–२ तालिकाको शीर्ष स्थानमा छ। अमेरिकाले २३ खेलमा ३४ अंक जोडेको छ। नेपाल १९ खेलमा १२ अंकसहित सातौँ स्थानमा छ।

फाइल तस्बीर



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १५, शनिबार १५:०२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP