• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

प्रथम रामबहादुर तामाङ स्मृति कपः फाइनलमा मेलम्ची नगरपालिका र नमुना एक्टिभ युथ क्लब भिड्ने

प्रथम रामबहादुर तामाङ स्मृति कपः फाइनलमा मेलम्ची नगरपालिका र नमुना एक्टिभ युथ क्लब भिड्ने

सिन्धुपाल्चाेक । हेलम्बु -५, च्योमथलिमा जारी “सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरीय प्रथम रामबहादुर तामाङ स्मृति कप २०८२” भलिबल प्रतियोगिताको फाइनलमा मेलम्ची नगरपालिका र मेलम्ची-७ को नमुना एक्टिभ युथ क्लब भिड्ने भएका छन् ।

मेलम्चीले जुगल र नमुनाले सृजनशीललाई हराउँदै फाइनल पुगेका हुन् । तेस्रो स्थान भने जुगलले सृजनशील मेलम्ची-७ लाई हराउँदै प्राप्त गरेको छ । फाइनल आज बुधबार हुनेछ ।

सिएमसिवाइसी हेलम्बुको आयोजनामा भइरहेको भलिबल प्रतियोगिताको उपाधि विजेताले १ लाख, दोस्रो हुनेले ७५ हजार र तेस्रोले ५० हजार पाउने आयोजकका सदस्य डेन्डुप शेर्पाले बताउनुभयो ।

आज बागमती प्रदेशका खानेपानी ऊर्जामन्त्री कृष्णकुमार तामाङ समिरको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण हुने र सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ २८, बुधबार ००:५४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP