काठमाडौँ । भारतको नयाँ दिल्लीमा रहेको ऐतिहासिक लाल किल्ला स्मारकमा मेट्रो स्टेशन नजिकै सोमबार भएको कार विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
स्थानीय लोक नायक अस्पतालका चिकित्सक डा. मनिषकुमार झाका अनुसार ३० जनाभन्दा बढी मानिसहरू गम्भीर घाइते भएका छन्। धेरै जना निको हुने अवस्थामा छैनन्।
प्रहरीले विस्फोटको कारणको बारे अनुसन्धान शुरु गरेको जनाएको छ।
दिल्ली प्रहरी आयुक्तका अनुसार साँझ सडकमा रातो बत्ती बलेपछि गाडी रोकियो। त्यसपछि त्यो गाडीमा एक्कासि विस्फोट भएको हो। अग्नि नियन्त्रक प्रमुखलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, ‘कम्तीमा छ वटा गाडी र तीन वटा अटोरिक्शामा आगो लागेको थियो।’एजेन्सी
प्रतिक्रिया